बिहिबार, २१ अगस्ट २०२५

तनहुँको भानु नगरपालिमा २२ सहित गण्डकी प्रदेशमा थपिए २४ संक्रमित

News Image
• • •

तनहुँको भानु नगरपालिका २२ सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा आइतबार बिहान गरिएको परीक्षणमा २४ जना नयाँ संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये २२ तनहुँ र २ जना बागलुङका रहेका छन्।

बागलुङको तामानखोला २ का दुई महिलामध्ये १ जना स्वास्थ्यकर्मी र अर्की महिला स्थानीय ब्यापारी रहेको प्रदेश स्वास्थय निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

उनले सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको २ हजार १२३ पुगेको छ।
 

आइतबार, भाद्र १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)