मङ्गलबार, १२ अगस्ट २०२५

१६ वर्षीय कोको युएस ओपनकाे पहिलो चरणबाटै बाहिरिइन्

बिएल संवाददाता

बिएल संवाददाता

न्युयाेर्क
News Image
• • •

अमेरिकी किशोरी कोको गोफको यात्रा युएस ओपन प्रतियोगिताकाे पहिलो चरणमै समाप्त भएको छ।

न्यूयोर्कमा भएको खेलमा १६ वर्षकी कोको ३१ औँ बरियाकी लात्भियाकी अनास्तासिया सेवास्तोभासँग पराजित भएकी हुन्।

कोको अनास्तासियासँग ६–३, ५–७ र ६–४ को सेटमा पराजित भएकी हुन्।

५१ औँ बरियताकी कोको सन् २०१९ मा युएस ओपनको तेस्रो चरणसम्म पुगेकी थिइन्। त्यसपछि उनी विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेकी थिइन्।

यता शीर्ष बरियताकी कारोलिना प्लिस्कोभा र छैटौँ बरियताकी पेट्रा वितोभा अघिल्लो चरण प्रवेश गरेका छन्।

मंगलबार, भाद्र १६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)