
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा ड्रग्सको मुद्धा उठेपछि बलिउडका कलाकारहरू शंकाको घेरामा छन्।
यसैबीच केन्द्रीय जाँच एजेन्सी (सीबीआई) लाई छानवीनका क्रममा मुम्बईको फिल्मी उधोग मात्र होइन, कन्नड फिल्म उधोगमा पनि ड्रग्स कोरोबारको रहस्य पत्ता लागेको छ।
यस विषयमा अभिनेत्री रागिनी द्धिवेदीलाई सीबीआईले सोधपुछका लागि बोलाएको छ। तर, रागिनीले भने आफू तुरुन्त उपस्थित हुन असमर्थता जनाएकी छिन्। उनले सोमबार सीबीआईसमक्ष प्रस्तुत हुने बताएकी छिन्।
तर, सीबीआईले शुक्रबार बयानका लागि आउन आदेश दिएको छ।
रागिनीले बिहीबार ट्वीट गर्दै प्रहरीको सोधपुछमा पुरा सहयोग गर्ने बताएकी छिन्। उनले आफू कुनै गैरकानुनी गतिविधिमा संलग्न नभएको बताएकी छिन्। रागिनीको परिवार हरियाणाको रेवाडीका निवासी हुन्।
उनको जन्म भने बेङ्लोरमा भएको थियो। उनले सन् २००९ मा वीरा मडाकारीबाट डेब्यू गरेकी थिइन। उनले केम्पे गौडा, रागिनी आइपीएस, बंगारी र शिवा जस्ता फिल्ममा अभिनय गरेकी छिन्।
कन्नड फिल्मी उधोगमा ड्रग्सको कनेक्सन बिहीबार सार्वजनिक भएको थियो, जब क्राइम ब्रान्चले ड्रग्स ओसारपोसार गर्ने व्यक्तिलाई पक्राउ गर्यो। नारकोटिक्स कन्ट्रोल बोर्डले केही दिनअघि तीन जनालाई गिरफ्तार गरेको थियो।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया