बिएल संवाददाता
कोरोना भाइरसलाई देशमा छिर्न नदिन उत्तर कोरियाले सिमानामा कडाई गरेको छ।
दक्षिण कोरियास्थित अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले चीनबाट उत्तरमा प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि गोली हान्न आदेश दिएको छ।
गत जनवरीदेखि नै उत्तरले चीनसँगको सिमाना बन्द गरेको छ।
उत्तर कोरियामा हालसम्म एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको खबर बाहिरिएको छैन। उत्तरले आफ्नो देशमा शून्य संक्रमण भएको दाबी गर्दै आएको छ।
तर, दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डर रोवर्ट अब्राम्सका अनुसार चीनको सिमानाबाट लकडाउको समयमा लुकिछिपी खानेकुरा तथा लत्ताकपडाहरु ल्याउने कार्य भइरहेकोले खतरा बढेकाे छ।
चीनबाट उत्तर प्रवेश गर्न खोज्नेमा कोरोना देखिनसक्ने भन्दै गाेली हान्न आदेश दिएको अमेरिकी सेनाको भनाइ छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया