आइतबार, १७ अगस्ट २०२५

'वाद' हरूमा कहाँ छन् महिला?

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

सावित्रा ढकाल

पछिल्लो समय नेपालमा महिलाको शरीर, यौन, वस्त्र र व्यक्तिगत छनौटका विषयमा बहस चलिरहेको छ। यो बहसले बौद्धिक तहको समेत ध्यान तान्न सकेको छ, जुन निकै सुखद पक्ष हो।

यो लेख यही विषयमा छ। तर कुनै सिद्धान्तको चिरफारमाभन्दा पनि विभिन्न वादले महिलालाई कसरी नजरअन्दाज गरेको छ भन्नेमा यो लेख केन्द्रित छ।

कार्ल मार्क्सको सिद्धान्तअनुसार सामाजिक संस्था, राजनैतिक संरचना र राज्यको स्वरुप उत्पादन प्रणालीले निर्धारण गर्छ। र, उत्पादन प्रणालीले निर्धारण गरेका संरचनाले उपरी संरचना (सुपर स्ट्रक्चर) जस्तै संस्कृति, विचारधारा, मूल्य-मान्यता र पहिचान निर्माण गर्छ।

मार्क्सवादले पुँजीवादी उत्पादन प्रणालीले मालिकलाई उद्यमी र दासलाई मजदुर बनाउँछ र यसैका आधारमा नयाँ संरचना निर्माण हुन्छन् भन्ने तर्क राख्छ। मजदुर वर्गको श्रमको ज्याला कटाएर उद्यमीहरू नाफा कमाउँछन् भन्ने मार्क्सवादले गरेको पुँजीवादी उत्पादन प्रणाली माथिको सबभन्दा ठूलो आलोचना हो।

आइतबार, भाद्र २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)