मङ्गलबार, १६ सेप्टेम्बर २०२५

 बियोगान्त कथा बोकेको ‘कालो बादल’ सार्वजनिक

News Image
• • •

 बियोगान्त कथा बोकेको ‘कालो बादल’ सार्वजनिक भएको छ ।

गीतमा देवि घर्ति पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दिपक संगम बिसीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थी, संगीत दिपक संगम बिसीको रहेको छ ।

धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पूरा गर्ने आशमा गाउँमा रहेका बाबुआमा घर परिवारमाथि आई परेको बज्रपात हो ‘कालो बादल’।

गीतमा रामप्रसाद अवस्थी, रश्मि भट्ट, दिपक संगम बिसी, पशुपति खनाल, डोलबहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ। छायाँकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थीले गरेका छन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!