३० प्रतिशत मात्र आन्तरिक उडान, सबै गन्तव्यमा जान पाइने,१ गतेबाट बुकिङ खुल्ला गर्ने

सरकारले असोज ५ गते देखि हुने आन्तरिक उडानमा एयरलाइन्सहरुले ३० प्रतिशत मात्र उडान गर्न पाउने भएका छन् । करिब ६ महिनापछि खुल्न लागेको आन्तरिक उडानमा एयरलाइन्सहरुले सबै गन्तव्यमा उडान गर्न पाउने भएका छन् ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा एयरलाइन्सका प्रतिनिधिहरुबीच भएको छलफलमा साविकको समयभन्दा ३० प्रतिशत मात्र उडान गर्न पाउने गरी तालिका बनाउन लागिएको प्राधिकरणलका एक अधिकारीले जानकारी दिए ।

कुन गन्तव्यमा कति उडान गर्ने तालिका बनाउने जिम्मा एयरलाइन्सहरुलाई नै दिइएको छ । ‘मागेको गन्तव्यमा उडान गर्न पाउने छन्, ती अधिकारीले भने, ‘तर ३० प्रतिशत मात्र उडान हुने छ ।’

एक एयलाइन्सका प्रतिनिधीले बुधबार तालिका फाइनल गरी प्राधिकरणमा बुझाउने र १ गतेबाट बुकिङ खुल्ला गर्ने निर्णय भएको बताए । पीसीआर रिपोर्टको विषयमा पनि केहि छलफल भएपनि नेगेटिभको रिपोर्ट भने नचाहिने भएको छ । तर, सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई भने पूर्ण रुपमा पालना गरेर उडान गर्ने सहमति भएको समेत उनले बताए ।

प्रकाशित मिति: : 2020-09-15 17:27:30

प्रतिकृया दिनुहोस्