बिएल संवाददाता
दिगो ग्रुपले आफ्नो विद्युतीय सिटी कार दिगो ई८ को बुकिङ सुरु गरेको छ ।
दिगो ई ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार भएको कम्पनीले बताएको छ । दिगो ई८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ ।
बाहिरी भाग
नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो ई८ निकै चित्ताकर्षक छ । ई८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् ।
शानदार डुअल–टोन डाइमन्ड कल अलोय ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट) ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ ।
ई८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।
भित्री भाग
आधुनिक, कुशल र मनोहर बनावटले ई८ भित्र पस्दा ‘वाह ! भन्नुपर्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ ।
स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गियर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै ।
पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गियर लिभरले ई८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रियर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ ।
चेप्टो स्टेयरिङ ह्विल र आरामदायी लेगरुम÷हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ ।
पावर विन्डो, पावर स्टेयरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम त यसमा नहुने कुरै भएन । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ।
प्रविधि र कार्य सम्पादन
दिगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) ।
दिगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ ।
ई८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।
दिगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
सामान्य ड्राइभिङ कन्डिसनमा दिगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुन्छ ।
दिगो ई८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने, ‘आज हामीले नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु गरेका छौं । दिगो इ८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु हो ।’
उनले भने, ‘कुशल, हरियो र दिगो मोबिलिटी सलुसन्सको भविष्यलाई यथार्थमा बदल्नु आवश्यक छ र हामी अर्को विद्युतीय कार दिगो ई८ को बुकिङ खुला गर्दै त्यसतर्फ एक कदम अघि बढाउन पाउँदा निकै खुसी छौं । हामी इमानदारीपूर्वक के ठान्दछौं भने यदि कोही नयाँ कारको खोजीमा हुनुहुन्छ र विद्युतीय कारको फाइदा लिँदै स्वदेशमै उत्पादित जलविद्युत्को प्रयोग बढाएर राष्ट्रलाई मद्दत गर्न चाहनुहुन्छ भने उहाँहरुले दिगो ई८ खरिद गर्ने सोच राख्न सक्नुहुन्छ ।
विद्युतीय सवारी साधनको आयात गर्दा लाग्ने महसुल र करहरु ह्वात्तै बढे पनि दिगोले ई८ आकर्षक मूल्यमा सार्वजनिक गरेको छ ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया