बाइकको सञ्चालन खर्चमै विद्युतीय कार चढ्न सकिने, खुल्यो दिगो ई८ को बुकिङ

दिगो ग्रुपले आफ्नो विद्युतीय सिटी कार दिगो ई८ को बुकिङ सुरु गरेको छ ।

दिगो ई ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार भएको कम्पनीले बताएको छ । दिगो ई८ नविन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ ।

बाहिरी भाग
नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो ई८ निकै चित्ताकर्षक छ । ई८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् ।

शानदार डुअल–टोन डाइमन्ड कल अलोय ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो ढक्कन (बोन्नेट) ले इ८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्दछ ।

ई८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर–ड्याम र एयर डक्टसको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

भित्री भाग
आधुनिक, कुशल र मनोहर बनावटले ई८ भित्र पस्दा ‘वाह ! भन्नुपर्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ ।

स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गियर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै ।

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गियर लिभरले ई८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रियर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ ।

चेप्टो स्टेयरिङ ह्विल र आरामदायी लेगरुम÷हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ ।

पावर विन्डो, पावर स्टेयरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम त यसमा नहुने कुरै भएन । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ।
 

प्रविधि र कार्य सम्पादन
 दिगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) ।

 दिगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले प्रभावशाली १८० एनएम टर्क र उच्चतम १५किलोवाट पावर उत्पादन गर्छ ।

 यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ ।

 ई८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ ।

 दिगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

 सामान्य ड्राइभिङ कन्डिसनमा दिगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुन्छ ।

दिगो ई८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने, ‘आज हामीले नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु गरेका छौं । दिगो इ८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु हो ।’

उनले भने, ‘कुशल, हरियो र दिगो मोबिलिटी सलुसन्सको भविष्यलाई यथार्थमा बदल्नु आवश्यक छ र हामी अर्को विद्युतीय कार दिगो ई८ को बुकिङ खुला गर्दै त्यसतर्फ एक कदम अघि बढाउन पाउँदा निकै खुसी छौं । हामी इमानदारीपूर्वक के ठान्दछौं भने यदि कोही नयाँ कारको खोजीमा हुनुहुन्छ र विद्युतीय कारको फाइदा लिँदै स्वदेशमै उत्पादित जलविद्युत्को प्रयोग बढाएर राष्ट्रलाई मद्दत गर्न चाहनुहुन्छ भने उहाँहरुले दिगो ई८ खरिद गर्ने सोच राख्न सक्नुहुन्छ ।

विद्युतीय सवारी साधनको आयात गर्दा लाग्ने महसुल र करहरु ह्वात्तै बढे पनि दिगोले ई८ आकर्षक मूल्यमा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: : 2020-09-18 13:05:48

प्रतिकृया दिनुहोस्