 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                अमेरिकामा आइतबारदेखि टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ। च्याटिङ, भिडियो शेयरिङ र मोबाइल भुक्तानी जस्ता काममा प्रयोग हुने वीच्याट आइतबारदेखि अमेरिकामा आधिकारिक रुपमा नै बन्द हुन लागेको हो।
अमेरिकाको वाणिज्य विभागले दुई दिनभित्र दुवैलाई यूएस एप स्टोरबाट हटाउने जनाएको छ। त्यसपछि कोही पनि अमेरिकी नागरिकले यी एप डाउनलोड गर्न सक्ने छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले टिकटक तथा वीच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।
 
उनले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि अमेरिकी एप स्टोरमा टिकटक र वीच्याट प्रतिबन्धित हुने बताएका छन् ।
यी एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो । दुवै चिनियाँ कम्पनीले सो आरोप अस्वीकार गरेका छन् ।
आइतबारदेखि वीच्याट अमेरिकामा बन्द हुनेछ । ‘यो प्रतिबन्ध दुर्भाग्यपूर्ण छ। यद्यपी हामी अमेरिकी सरकारसँग समस्याको दीर्घकालीन समाधानका लागि छलफल जारी राख्नेछौं,’ वीच्याटको स्वामित्व भएको टेन्सेन्ट कम्पनीले भनेको छ।
तर, छोटो भिडियोको प्लेटफर्मका लागि प्रयोग हुने टिकटकको प्रयोग भने १२ नोभेम्बरसम्म गर्न सकिने छ। त्यसपछि टिकटकमाथि पनि पूर्ण प्रतिबन्ध लाग्नेछ
टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व सम्बन्धमा अमेरिकी कम्पनी ओरेकल र बाइटडान्सबिचको सहकार्यको योजना सहमतिमा पुग्यो र ट्रम्पले त्यसलाई स्वीकृत गरे भने टिकटकमाथि प्रतिबन्ध लाग्ने छैन ।
यता अमेरिकाको वाणिज्य विभागको निर्णयबाट निराश भएको र यसमा सहमत हुन नसकिने टिकटकले जनाएको छ। ट्रम्प प्रशासनको चिन्ताको मध्यनजर गर्दै कम्पनीले अतिरिक्त पारदर्शिताका लागि प्रतिबद्धता जनाइसकेको टिकटकले जनाएको छ।
‘हामी अन्यायपूर्ण आदेशको चुनौती दिइरहनेछौँ। यो आदेश सही प्रक्रिया पालन नगरी जारी गरिएको छ। यसले साना कारोबारको भविष्य संकटमा पारेको छ,’ टिकटकले भनेको छ।
अमेरिकी नागरिकका लागि आफ्नो आवाज उठाउने र रोजीरोटीको दुवैको साधनको रुपमा प्रयोग भइरहेको पनि टिकटकले जनाएको छ
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया