आइतबार, १७ अगस्ट २०२५

रिमालका ६ हाइकुहरू

News Image
• • •

फूलै-फूलको
जीन्दगी जिइदिन्छु
काँडै-काँडामा। 
^^^

पर्खनुपर्छ
मौसम-अनुकूल
फूल त फुल्छन्। 
^^^

फूलबारीमा
चम्पा बेली चमेली
प्रफुल्ल माली। 
^^^

गामल पुँडो
गामगुम चल्दैछ
पर्दा खुल्दैछ। 
^^^

प्रीतको जादू
पतझरमा पनि
हरियो बाग। 
^^^

ऋतु वसन्त
पाखाभरि गुराँस
ज्यामी हाँस्यो कि?

शनिबार, आश्विन ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!