अजित अधिकारी
नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको इन्धनमा मिसावटको घटना बारम्बार दोहोरिरहेको छ । पछिल्लो समय पेट्रोलमा ठूलो परिमाणमा मट्टीतेल र हानिकारक केमिकल (पेन्ट्समा प्रयोग हुने मिनरल टर्पेन्टाइन आयल) मिसावट गरिएको भेटिएको हो । निगमका दुई ठूला डिपो दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्ज र बागमती प्रादेशिक कार्यालय थानकोटमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट चारवटा ट्यांकरमा ल्याइएको ३६ हजार लिटर पेट्रोलमा साढे ९ हजार लिटर मट्टीतेल र हानिकारक केमिकल मिसावट भएको पुष्टि भएको हो ।
गत शुक्रबार निगमका दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा बरौनीबाट पेट्रोल बोकेर ना.७ख ४०९३ नम्बरको ट्यांकर आएको थियो । सो ट्यांकरको गुणस्तर परीक्षण गर्नेक्रममा तापक्रमको अन्तिम अवस्था २ सय ३० डिग्री प्रतिसेन्टिग्रेड पाइएको थियो । अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीका अनुसार तापक्रमको अन्तिम अवस्था बढीमा २ सय सेन्टिग्रेड प्रतिमिटर हुनुपर्नेमा त्यसभन्दा बढी देखिएको हो ।
‘आइओसीबाट आएको पेट्रोलको तापक्रम औसतमा १ सय ९५ डिग्री प्रतिसेन्टिग्रेड हुने गरेको छ । हामीले २ सय डिग्री प्रतिसेन्टिग्रेडभन्दा बढी तापक्रम रहेको तेल पाइए बजार पठाउँदैनौँ,’ उनले भने, ‘शुक्रबार आएको एउटा ट्यांकरमा तोकिएभन्दा बढी तापक्रम रहेको पाएपछि चालकलाई समातेका छौँ र ट्यांकरको पेट्रोल डिपोमा नखन्याई राखेका छाैँ ।’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया