अजित अधिकारी
नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको इन्धनमा मिसावटको घटना बारम्बार दोहोरिरहेको छ । पछिल्लो समय पेट्रोलमा ठूलो परिमाणमा मट्टीतेल र हानिकारक केमिकल (पेन्ट्समा प्रयोग हुने मिनरल टर्पेन्टाइन आयल) मिसावट गरिएको भेटिएको हो । निगमका दुई ठूला डिपो दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्ज र बागमती प्रादेशिक कार्यालय थानकोटमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट चारवटा ट्यांकरमा ल्याइएको ३६ हजार लिटर पेट्रोलमा साढे ९ हजार लिटर मट्टीतेल र हानिकारक केमिकल मिसावट भएको पुष्टि भएको हो ।
गत शुक्रबार निगमका दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा बरौनीबाट पेट्रोल बोकेर ना.७ख ४०९३ नम्बरको ट्यांकर आएको थियो । सो ट्यांकरको गुणस्तर परीक्षण गर्नेक्रममा तापक्रमको अन्तिम अवस्था २ सय ३० डिग्री प्रतिसेन्टिग्रेड पाइएको थियो । अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीका अनुसार तापक्रमको अन्तिम अवस्था बढीमा २ सय सेन्टिग्रेड प्रतिमिटर हुनुपर्नेमा त्यसभन्दा बढी देखिएको हो ।
‘आइओसीबाट आएको पेट्रोलको तापक्रम औसतमा १ सय ९५ डिग्री प्रतिसेन्टिग्रेड हुने गरेको छ । हामीले २ सय डिग्री प्रतिसेन्टिग्रेडभन्दा बढी तापक्रम रहेको तेल पाइए बजार पठाउँदैनौँ,’ उनले भने, ‘शुक्रबार आएको एउटा ट्यांकरमा तोकिएभन्दा बढी तापक्रम रहेको पाएपछि चालकलाई समातेका छौँ र ट्यांकरको पेट्रोल डिपोमा नखन्याई राखेका छाैँ ।’
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया