एमबाप्पे, डि मारिया र मार्किन्हसको गोलमा पीएसजीको दोस्रो जित

साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ।

पीएसजीले आइतबार निसलाई उसकै मैदानमा ३–० गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एमबाप्पे र डि मारियासँगै कप्तान मार्किन्हसले गोल गरे।

एलिएन्ज रिभिइरामा भएको प्रतिस्पर्धात्मक खेलको ३८औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए।

डिफेन्डर युसेफ एटललाई बिट गरेपनि खेपरेन थुरामल एमबाप्पेलाई फल गरेपछि प्राप्त पेनाल्टी पाएका थिए। उनैले उक्त मैकाकालाई सदुपयोग गरे।

पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए। 

केलियन एमबाप्पेले प्रहारलाई निसका गोलरक्षक बेनिटेजले नियन्त्रणमा लिन नसकेको बललाई डि मारियाले रिवाउन्डमा गोल गरेका थिए। 

६६औं मिनेटमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए। 

एन्जल डि मारियाको फ्रिकिकमा मार्किन्हसले हेडरमार्फत गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी ३–० को विजयी हुन सफल भयो। 

जितसँगै पीएसजीले ४ खेलबाट ६ अंक जोडेको छ। पराजित निसको पनि ४ खेलबाट ६ अंक नै छ।

प्रकाशित मिति: : 2020-09-20 19:59:48

प्रतिकृया दिनुहोस्