अनलाइनखबर
गौरव पोखरेल
सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ रासन स्केल लागु गरेका हुन् ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले अनलाइनखबरलाई दिएको जानकारीअनुसार अहिले देशभरका सैनिक युनिटमा शाकाहारीका लागि पहिलोपटक च्याउ, पनिर, फलफूल र दही पाइन थालेको छ । यसअघि सैनिक ब्यारेकमा हप्तामा कम्तिमा चार दिनसम्म मासु पाक्थ्यो ।
‘मन्त्रिपरिषदले नयाँ रासन स्केल स्वीकृत गरेसँगै कार्यान्वयनमा आइसकेको छ’, पौडेलले भने । शाकाहारीका लागि मासुसरहको प्रोटिन चाहिने भएकाले उनीहरुको रासनको मात्रा बढाइएको पौडेलले जनाए ।
‘मासु खानेले चारचोटिसम्म पाउँछन् भने शाकाहारीलाई ६ चोटिसम्म खान पुग्छ’, पौडेल भन्छन्, ‘यद्यपि, खानासम्बन्धी रुटिन सम्बन्धित पल्टनले नै बनाउँछ ।’
नेपाली सेनाको कुल जनशक्तिमध्ये ५ प्रतिशत शाकाहारी रहेको एक अध्ययनले देखाएको थियो ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया