अनलाइनखबर
गौरव पोखरेल
सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ रासन स्केल लागु गरेका हुन् ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले अनलाइनखबरलाई दिएको जानकारीअनुसार अहिले देशभरका सैनिक युनिटमा शाकाहारीका लागि पहिलोपटक च्याउ, पनिर, फलफूल र दही पाइन थालेको छ । यसअघि सैनिक ब्यारेकमा हप्तामा कम्तिमा चार दिनसम्म मासु पाक्थ्यो ।
‘मन्त्रिपरिषदले नयाँ रासन स्केल स्वीकृत गरेसँगै कार्यान्वयनमा आइसकेको छ’, पौडेलले भने । शाकाहारीका लागि मासुसरहको प्रोटिन चाहिने भएकाले उनीहरुको रासनको मात्रा बढाइएको पौडेलले जनाए ।
‘मासु खानेले चारचोटिसम्म पाउँछन् भने शाकाहारीलाई ६ चोटिसम्म खान पुग्छ’, पौडेल भन्छन्, ‘यद्यपि, खानासम्बन्धी रुटिन सम्बन्धित पल्टनले नै बनाउँछ ।’
नेपाली सेनाको कुल जनशक्तिमध्ये ५ प्रतिशत शाकाहारी रहेको एक अध्ययनले देखाएको थियो ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया