बिहिबार, २१ अगस्ट २०२५

पञ्जाव र दिल्ली बिचको खेलमा 'सर्ट रन' विवादमा, सर्ट रनको गलत निर्णयले दु:ख लाग्यो- प्रिति जिन्टा

एजेन्सी

एजेन्सी

काठमाडौं
News Image
• • •

आइपिएल क्रिकेटअन्तर्गत आइतबार राति भएको किंग्स-११ पञ्जाव र दिल्लीबिचको खेल रोमाञ्चक रूपमा  दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित्यो।

पहिले ब्याटिङ गरेको दिल्लीले मार्कोस स्टोइनिसले २१ बलमा ५३ रन जोडेपछि दिल्लीले ८ विकेटको क्षतिमा १५७ रन जोड्यो।

जवाफी ब्याटिङ गरेको पञ्जावले पनि निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन नै जोडेपछि खेलमा स्कोर बराबरी भएको थियो। त्यसपछि भएको सुपर ओभरमा दिल्ली विजयी भयो।

तर अहिले पञ्जावले ब्याटिङ गर्दाको १९औं ओभरको तेस्रो बललाई लिएर विवाद भइरहेको छ। सो बलमा दिल्लीका बलर कागिसो रबाडाले योर्कर फ्याँकेका थिए।

ब्याटिङमा रहेका पञ्जावका मयंक अग्रवालले कभर क्षेत्रमा प्रहार गरेका थिए। त्यसपछि अग्रवाल र क्रिस जोर्डन दुई रनका लागि दौडिए। तर रेफ्रिले पञ्जावलाई एक रन मात्र दिए।

फिल्ड अम्पायर नितिन मेननले 'सर्ट रन' को निर्णय गर्दै पञ्जावलाई एक रन मात्र दिए। रन लिने क्रममा क्रिस जोर्डनले लाइनमा नछोएको भन्दै मेननले 'सर्ट रन' दिए।

कतिपयले अम्पायरको निर्णयले पञ्जावले खेल हारेको भन्दै आक्रोश व्यक्त गरेका छन्। यस्तो निर्णयमा प्रविधिको उपयोग गर्नु पर्ने कतिपयको भनाइ छ। किनभने भिडियो रिप्लेमा जोर्डनले रन लिने क्रममा लाइनमा छोएको देखिएको छ।

अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै पञ्जावकी टिम मालिक प्रिति जिन्टाले ट्विट गरेकी छिन्। उनले अनेक झन्झट बेहोर्दै युएई पुगेको खुसी सर्ट रनको गलत निर्णयले दु:खमा परिणत भएको उल्लेख गरेकी छिन्।

यस्तै विश्लेषक तथा भारतका पूर्व क्रिकेटर आकाश चोपडाले पनि अम्पायरले यस्तो निर्णयमा प्रविधिको उपयोग गर्नुपर्ने सुझाएका छन्।

सोमबार, आश्विन ०५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)