शनिबार, १६ अगस्ट २०२५

अदालतमा मुद्धा परेपछि अमिताभको फिल्म ‘झुन्ड’ रोकियो

एजेन्सी

एजेन्सी

मुम्बई
News Image
• • •

महानायक अमिताभ बच्चनको रिलिजको तयारीमा रहेको फिल्म ‘झुन्ड’ लाई तत्काल प्रदर्शन नगराउन तेलङ्गाना उच्च अदालतले आदेश दिएको छ। अदालतको निर्णयपछि अब यो फिल्म अर्को निर्णय नहुँदासम्म देश, विदेश वा कुनै पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने छैन। 

एक जना फुटबल खेलाडी अखिलेश पोलको कहानीमा आधारित यो फिल्मको सर्वाधिकार आफूमा निहित रहेको भन्दै निर्माता नन्दी चिन्नी कुमारले मुद्धा दायर गरेका थिए। उनले उजुरीमा अखिलेशले आफूसँग भएको सर्वाधिकार अरुलाई बेचेको आरोप लगाएका थिए। तर, अखिलेशले आफूले डकुमेन्ट्रीको अधिकार मात्र बेचेको दावी गर्दै आइरहेका थिए। 

‘झुन्ड’ मा अमिताभ प्रशिक्षक विजय बर्सेको भूमिका निर्वाह गरिरहेका छन्। विजय गरिब बस्तीमा बसोबास गर्ने बालबालिकालाई फुटबल सिकाउने काम गर्छन। बालबालिका खराब संगतमा नलागुन भनेर उनी गरिब बस्तीमा गएर फुटबल सिकाउने काम गर्दे आइरहेका छन्। 

यसको निर्माण भूषण कुमारले गरेका हुन् कोरोनाका कारण लकडाउन हुनुअघि यसको रिलिज ८ मेमा गर्ने भनिएको थियो।

सोमबार, आश्विन ०५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)