काेराेना महामारी अन्त्य नहुँदै चीनमा फेला पर्‍याे अर्काे भाइरस, हजाराैँ मानिस बिरामी, यस्ता हुन् लक्षण

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (काेभिड–१९)बाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ।

चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट हजाराैँ मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गत वर्ष जुलाई–अगस्टमा खाेप बनाउने एक कारखानामा भएको चुहावटपछि यो ब्याक्टेरिया फैलिएको बताइएकाे छ। 

समाचार उल्लेख भएअनुसार यो ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारका लागि बन्ने ब्रुसिला खोपको उत्पादनमा एक्सपायर भइसकेका किटाणुनाशकको प्रयोग गरिएको थियो, जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो।

जसका कारण यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले जानकारी दिएको छ।

अघिल्लाे सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

संक्रमित सबैमा ज्वरो आउने, पसिना निस्कने, थकाई लाग्ने, भोक नलाग्ने, टाउनको दुख्ने, तौल घट्ने र मांसपेशीमा दुख्ने आदि लक्षण देखिएकाे छ।

यस्तै अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु र डिप्रेसन आदि पनि यसका लक्षण भएकाे जनाएकाे छ।

तर याे दिर्घ राेग हाेइन। कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ।  

याे रोगको लक्षण देखिन एक हप्तादेखि २ महिनासम्म लाग्न सक्छ। तर धेरैजसो २ देखि ४ हप्ताबीच यसका लक्षण देखिन्छन्।

ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसकाे निःशुल्क परीक्षण र उपचारका लागि भनिएकाे छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्।

ब्रुसेलोसिस ब्याक्टेरियाले विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमण गर्छ। संक्रमित जनावरको सम्पर्कमा पुगे मानिसमा पनि सर्ने सम्भावना हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार याे भाइरस संक्रमित पशुको मासु, दूध खाँदा पनि यो ब्याक्टेरिया सर्छ। यस्तै हावाबाट समेत मानिसको श्वासप्रश्वासमा प्रवेश गरी फैलिन सक्छ।

धेरैजसो यो रोग जनावरको दूध वा पनिरको सेवनले मानिसमा सरिररहेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ। तर, मानिस–मानिसबीच संक्रमण फैलिने सम्भावना निकै कम रहेकाे उसले बताएकाे छ।

यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यसको उपचार भने सम्भव छ। औषधिको सिलसिला एक–डेढ महिनासम्म चल्न सक्छ।

लानजोउ हेल्थ कमिसनलाई उद्धृत गर्दै न्युज एजेन्सी एनएनआईले यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्युनिसिपल अधिकारीले चुहावटबारे अनुसन्धान सुरु गरिएकाे छ। र, जनवरीसम्म यो कारखानाको खोप उत्पादनको लाइसेन्स रद्द गरिएकाे थियाे।

एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रूपमा माफी मागिसकेकाे छ र यो घटनामा जिम्मेवार ८ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो।

याे पनि 

हार्वर्ड विश्वविद्यालयको अनुसन्धानमा पाइए अनुसार यदि काेराेना का लागि प्रतिरोधी क्षमता विकसित भएपनि यो रोग पूर्ण रुपमा समाप्त हुन २०२५ सम्मकोे समय लाग्नेछ। यद्यपि, यो कुराको पनि सम्भावना पनि कम छ किनभने दक्षिण कोरियामा १११ व्यक्ति जो कोरोनाको संक्रमणबाट ठिक भएका थिए उनीहरु पुनः संक्रमित भएका छन्।

अनुसन्धानकर्ता भन्छन्– काेराेना महामारी पूर्ण रुपमा समाप्त हुन २०२५ सम्म समय लाग्छ केही दिनअघि अमेरिकाको कोरोना भाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले कोरोनाभाइरस मौसमी रोग बन्नसक्ने पूरा सम्भावना भएको बताए। अब यस्तै कुरा साइन्स म्यागजिनमा छापिएको हार्वर्ड युनिभर्सिटीको अनुसन्धानमा सार्वजनिक भएको छ। यो अनुसन्धानमा भनिएको छ, ‘जबसम्म कोरोना भाइरसको कुनै प्रभावकारी उपचार वा भ्याक्सिन भेटिँदैन तबसम्म यो महामारीलाई समाप्त गर्न असम्भव छ।’

                                                        पुरा पढ्नुहाेस्

प्रकाशित मिति: : 2020-09-22 08:46:28

प्रतिकृया दिनुहोस्