
बिएल संवाददाता
महानगरीय अपराध महाशाखाको टोलीले बौद्धबाट रक्तचन्द तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
बौद्धको डम्बरु बनाउने उद्योगबाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो। यद्यपी पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन।
उनीहरुको साथबाट २१ किलो ९ सय ग्राम रक्तचन्दन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
‘तस्करहरुले रक्तचन्दलाई डम्बरुमा हालेर तस्करी गर्ने गरेको खुलेको छ,’ एक प्रहरी अधिकृतले भने।
तस्करीमा संलग्न अरुको खोजीभइरहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले रक्तचन्दन भारतबाट ल्याएर केही रिफाइन गरेर अर्को देशमा पठाउने गरेको समेत खुलेको छ।
प्रहरीले बरामद गरेको रत्तचन्दनको मुल्य ८ हजार रुपैयाँ केजीसम्म बेच्ने गरेको अनुसन्धानमा खुलेको छ।
तस्करीमा संलग्न मुख्य अभियुक्त भने अझैं फरार रहेकाले खोजी भइरहेको छ। ‘मुख्य अभियुक्तलाई खोजी गरिरहेका छौं। अरुतिर पनि लुकाएको हुनुपर्छ भन्ने आशंका छ,’ ती अधिकृतले भने।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया