बिहिबार, १४ अगस्ट २०२५

राप्रपाको विधान मस्यौदा बनाउन समिति गठन

News Image
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विधान मस्यौदा समिति बनाएको छ। निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बसेको पार्टीका अध्यक्षहरूको बैठकले समिति गठन गरेको हो। 

पार्टीका नेता निरन्जन थापाको संयोजकत्वमा गठित समितिले १५ दिनभित्र पार्टीको विधान मस्यौदा प्रतिवेदन पेश गर्नेछ। ७ सदस्यीय यो समितिमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्त्तिप्रसाद सिटौला, बरिष्ठ अधिवक्त्ता राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक सदस्य छन्। 

समितिले ‘पार्टीको अन्तरिम विधानलाई पार्टी एकताको आधारपत्रको भावना समेटेर’ बिधान मस्यौदा प्रतिवेदन तयार पार्न अख्तियारी दिइएको केन्द्रीय सचिबालय प्रमुख ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले विज्ञप्तीमार्फत जानकारी दिएका छन्। 

त्यस्तै अध्यक्षत्रयको बैठकले केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठक असोज ११ गते बजे केन्द्रीय कार्यालय चाबहिलमा बस्ने निर्णय पनि गरेको छ।

बिहिबार, आश्विन ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!