आइतबार, १७ अगस्ट २०२५

जुम्लामा ११ स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

News Image
• • •

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएकाे छ। 

परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना देखिएको हाे। 

संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरिएकाे छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नै काेराेना संक्रमण देखिएपछि अर्काे सूचना प्रकाशित नभएसम्म आकश्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने प्रतिष्ठानले जनाएकाे छ। 

बुधबार, आश्विन १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!