बिहिबार, १४ अगस्ट २०२५

बझाङमा २५ केजी चरेससहित दुईजना पक्राउ

News Image
• • •

बझाङ प्रहरीले चरेससहित दुईजनालाई पक्राउ गरेको छ। 

वित्थडचिर गाउँपालिका २ को लिम भन्ने ठाउँमा लुकाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित बुङ्गल नगरपालिका२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लास्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाएर चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहिबार, आश्विन १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)