मङ्गलबार, ०५ अगस्ट २०२५

सुर्खेतमा बेपत्ता आमा छोरीकाे शव भेटियाे

News Image
• • •

असोज ३ गते रातिदेखि बेपत्ता भएकी आमा छोरी मृत अवस्थामा भेटिका छन्। कैलाली गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा पुन असोज ६ गते र र उनकी छोरी प्रमिशा ६ गते मृत अवस्थामा भेटिएका हुन्।

पुष्पाको शव भेरीगंगा नगरपालिका-९ चिप्ले नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामबहादुर घर्तीले जानकारी दिए। आमा छोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनको भनाइ छ। उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमा छोरी बेपत्ता भएका थिए।  

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिहिबार, आश्विन १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)