सम्पादकीय
शासकको अज्ञान र अहंकारको पहिलो मार जनतामाथि पर्छ भन्ने अब त भुक्तभोगी नेपालीले राम्रैसँग बुझे होलान् । कोभिड—१९ सँग गरेको खेलाँचीको फल भोगेपछि भने बालुवाटारवासीले पनि बुझेको हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीका केही निकट सहयोगीहरूका साथै बालुवाटारमा तैनाथ सुरक्षाकर्मीहरूलाई पनि कोभिड—१९ को संक्रमण भएको समाचार सार्वजनिक भएको छ । यसको केही दिन पहिले प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई संक्रमण भएको समाचार आएको थियो । समुदाय स्तरमा पुगेको कोभिड—१९ को संक्रमण प्रधानमन्त्री निवासमा छिर्नु सुखद नभए पनि आश्चर्यजनक भने होइन । संक्रामक विश्वव्याधिको व्यवस्थापनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले गरेको बेवास्ता र लापरबाहीको परिणाम जनसाधारणले त दिनहुँ भोगिरहेकै थिए अब प्रधानमन्त्रीकै कारिन्दाले समेत भोग्नु पर्नेभयो ।
कोभिड—१९ बालुवाटारमै छिरेपछि यसको संक्रमणको व्यवस्थापनमा सरकार संवेदनशील हुने अपेक्षा भने अझै राख्न सकिँदैन । अहिले संक्रमित भनिएका सहयोगीले प्रधानमन्त्री ओलीलाई सही सल्लाह दिएको भए सम्भवतः अहिले उनीहरू नै संक्रमणको चपेटा पर्ने थिएनन् । ‘सिपाहीले सरुवा हुँदा गुन्टा कसेजस्तो’ सरकारी नीति र कुव्यवस्थापनले कोभिड—१९ को संक्रमण देशभर भएको हो । अब नेपालभन्दा ५० गुनाजति बढी जनसंख्या भएको चीनलाई संक्रमितको संख्यामा नेपालले उछिन्ने लक्षण देखिन थालेको छ । सरुवा हुन लागेका सिपाहीहरू गुन्टा कसिलो बनाउन निकै बल लगाएर कस्न खोज्छन् । तर, बल धेरै भएर डोरी चुडिँन्छ र गुन्टा फुस्केर मालताल छताछुल्ल हुन्छ । कोभिड—१९ को सुरुमा बन्दाबन्दी लगाउँदा अनावश्यक कडाइ गरियो । अनि जति बेला साँच्चै नै प्रभावकारी बन्दाबन्दी लाभदायी हुनसक्थ्यो त्यही बेला खुकुलो बनाइयो । फलस्वरूप, समेल्नै नसकिने गरी संक्रमण छताछुल्ल भयो ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया