बिहिबार, २१ अगस्ट २०२५

दुबई हिँडेका नेपाली ‘कोभिड–१९ डिएक्सबी स्मार्ट एप’ डाउनलोड नगरेकै कारण एयरपोर्टबाट फिर्ता 

News Image
• • •

युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले आफ्नो देशमा आउने जोकोही यात्रुले पनि आफ्नो मोबाईल फोनमा कोभिडसम्बन्धी एप अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । आइतबार मात्र एक नेपालीसहित चार जना विदेशी नागरिक यो एप नभएकै कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएका छन्।नेपाल एअरलाईन्सको बिमानबाट दुबई जान लागेका नेपालीलाई फिर्ता गरिएको हो।

कोरोना संक्रमणपछि हवाई यातायातमा लगाएको रोक हटाएसँगै त्यहाँको सरकारले युएईमा प्रवेश गर्नेलाई मोबाइल फोनमा ‘कोभिड–१९ डिएक्सबी स्मार्ट एप’ अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो । यो एप बिनाका कोही पनि यात्रुलाई यूएई सरकारले प्रवेशमा प्रतिबन्ध लगाएको थियो। 

यो एप जुनसुकै स्मार्ट फोनमा डाउनलोड गर्न सकिन्छ। नेपाल लगायत अन्य मुलुकबाट युएई पुगेका यात्रुले पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए पनि यो एपबिना प्रवेश गर्न दिँदैन। सम्बन्धित देशबाट पीसीआर रिपोर्ट लिएर गएपछि यो एपमार्फत् जाँच गरेपछि मात्र यूएई प्रवेश दिइन्छ।

सोमबार, आश्विन १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!