सत्याग्रहको २२ औँ दिन- डा. केसीका मागमा किन अझै मौन छ सरकार?

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गर्दा उनको जीवन रक्षाका लागि विभिन्न ठाउँमा समर्थकहरु आन्दोलनमा उत्रिएका छन्।

उनको जीवन रक्षाका लागि आइतबारदेखि आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। उनको समर्थनमा विभिनन ठाउँमा र्‍याली गरिरहेका छन्। सरकारलाई दबाब दिइरहेका छन्।

उनीहरु जतिसक्दो चाँडो डा. केसीका माग पूरा हुनुपर्छ भन्नेमा लागि परेका छन्।

उनका समर्थक सबैको एउटै माग छ, ‘डा. केसीका माग पूरा गरिदेऊ।’

तर सरकारले न त डा. केसीको स्वास्थ्यप्रति कुनै वास्ता गरेको छ, न त उनका मागप्रति कुनै चासो देखाएको छ।

डा. केसीलाई भेट्न पुग्ने हरेकले एउटै सल्लाह दिने गरेको छन्, ‘यसरी आफूलाई पीडामा राखेर सरकारका अगाडि नझुक्नुस्। तपाईँ अनशन तोड्नुस्।’

डा. केसीलाई लागेको छ, सरकार पटकपटक झुट बोल्छ। आफूलाई झुक्याइरहेको छ। योभन्दा अगाडि तोडिएका अनशनका बेला गरेका सम्झौता अझै कार्यान्वयन भएका छैनन्।

डा. केसीले जुम्लाबाट २२ दिन अगाडि १९ औँ अनशन सुरु गरेका हुन्। यस्तै १५ औँ अनशन पनि डा. केसीले जुम्लाबाटै सुरु गरेका थिए।

प्रकाशित मिति: : 2020-10-05 23:53:25

प्रतिकृया दिनुहोस्