बुधबार, १३ अगस्ट २०२५

प्रदेश सभाको निर्णय राजपत्रमा प्रकाशित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

 प्रदेश नम्बर ५ को नाम र राजधानी सम्बन्धी निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएकाे छ ।

मंगलबार बसेकाे प्रदेश सभा बैठकले प्रदेश ५ काे नाम लुम्बिनी र राजधानी दाङकाे देउखुरी (राप्ती उपत्यका) राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेकाे थियाे । साेही निर्णय राजपत्रमा प्रकाशित गरिएकाे हाे ।

प्रदेश सभाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अब प्रदेश ५ को नाम औपचारिक रुपमा लुम्बिनी प्रदेश र राजधानी देउखुरी (राप्ती उपत्यका देउखुरी) भएको छ । 

बुधबार, आश्विन २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)