मङ्गलबार, १२ अगस्ट २०२५

काठमाडौं उपत्यका आवतजावत गर्नेको संख्या बढ्दै

News Image
• • •

बितेको २४ घण्टा (बुधबार)मा विभिन्न नाकाबाट ३९ हजार ४७४ जा यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।

अघिल्लो दिनको तुलनामा बुधबार बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आवतजावत गर्ने यात्रुको संख्या १८ सयले वृद्धि भएको छ। 

“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ५३१ सवारीसाधनमा १९ हजार ६८८ जना यात्रु उपत्यका भित्रिएका छन्,” उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञप्तिमा भनेको छ, “चार हजार ४६६ सवारीसाधनमा १९ हजार ७८६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।” 

मंगलबार विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा ३७ हजार ६७४ जना यात्रुले आवतजावत गरेका थिए। 

मंगलबार चार हजार २४६ सवारीसाधनमा १६ हजार १७२ जना यात्रु उपत्यका भित्रिएका थिए भने चार हजार ५६० सवारीसाधनमा २१ हजार ५०२ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

बिहिबार, आश्विन २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)