बुधबार, १३ अगस्ट २०२५

बजारलाई नलागेको दशैं, उपभोक्तादेखि व्यवसायीसम्म भन्छन्- थेग्नै गाह्रो छ !

हिमाल खबर

हिमाल खबर

काठमाडौं
बजारलाई नलागेको दशैं
बजारलाई नलागेको दशैं
• • •

राजु बास्कोटा

सामान्य अवस्थामा वर्षभरिको १० महीनामा हुने कारोबार दशैं–तिहारको बेला दुई महीनामा हुने गरेकोमा कोरोना संक्रमण महामारीको कारण दशैं अर्थतन्त्रमा यो वर्षको योगदान निकै कमजोर हुने देखिएको छ।

काठमाडौं लाजिम्पाटकी मुना पोखरेल (३५) यो वर्षको दशैं खर्च जुटाउन एक तोला सुन बेच्न न्यूरोड पुगिन्। मजदूरी गरेर तीन जनाको परिवार पाल्दै आएकोमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीले शहरमा जीवन धान्ने बाटो भत्काइदियो। अब केही समय घर (स्याङ्जा) गएर बस्ने भएकाले आवश्यक सामान खरीद गर्न र दशैं खर्च जुटाउन सुन बेच्नुपरेको उनले बताइन्।

औषधिको व्यापार गर्दै आएकी कालीमाटीकी सुशीला नेपाल यो वर्ष जीविका धान्ने गरी पनि आम्दानी नहुँदा निराश छिन्। यसपाली दशैं खर्च घटाउन नयाँ लुगा नकिन्ने उनको मनस्थिति छ। चार जनाको परिवार पाल्नुपर्ने, व्यापारका लागि सहकारीबाट लिएको ऋणको साँवा–ब्याज तिर्नुपर्ने र भैपरी आउने खर्च पनि धान्नुपर्ने बाध्यता उनलाई छ। महामारीका कारण व्यापार नभएर तीन महीनादेखि कोठा भाडा समेत तिर्न नसकेकी उनी यो वर्ष तामझामविना नै दशैं मनाउँदैछिन्।

न्यूरोड इन्द्रचोकमा कपडाको होलसेल व्यापार गर्दै आएका सीतापाइलाका गोकुल पौडेललाई विगत वर्षको दशैंमा व्यापारमा भ्याइनभ्याई हुन्थ्यो। तर, यसपाली दशैंको सामान आएको छैन भने मौज्दात सामान पनि फाट्टफुट्ट मात्र बिक्री भएको छ। व्यापार नभएको र बजारबाट लाखौं रुपैयाँ फिर्ता नआएका कारण उनलाई यो कोरोना–काल थेग्नै गाह्रो परिरहेको छ। 

“बितेको ६ महीनामा बन्दाबन्दी र निषेधाज्ञाका कारण लाखौं रुपैयाँको कारोबार गुमाउनुपर्‍यो। त्यसलाई दशैंको व्यापारले केही राहत देला भन्ने लागेको थियो, तर बजारमा दशैं किनमेलको खासै रौनक देखिएको छैन”, पौडेलले भने, “व्यापार नहुँदा तीन महीनाको कोठा भाडा डेढ लाख तिर्नै सकेको छैन।”

मंगलबार, आश्विन २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)