
बिएल संवाददाता
अमेरिकाको राजदूतका लागि सिफारिस डा.युवराज खतिवडाविरुद्ध तीनवटा उजुरी परेको छ।
संसदीय सुुनुवाइ समितिले पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडाविरुद्ध उजुरी दिन आह्वान गरेको दश दिनको अवधिमा तीनवटा उजुरी दर्ता भएको हो।
सरकारले डा. खतिवडासँगै बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकासहित १२ देशका लागि डा. निर्मलकुमार विश्वकर्मालाई राजदूत बनाउने सिफारिस गरेको थियो।
समितिका सदस्य सुमन प्याकुरेका अनुसार डा. खतिवडालाई गर्भनर हुँदा सुधिर बस्नेतले सञ्चालन गरेको ओरेण्टियल सहकारीलाई सहयोग गरेको आरोप लागेको छ।
बस्नेतले सहकारीका नाममा हजारौँलाई ठेगे पनि पीडितहरुको रकम उठाउन कुनै भूमिका नखेलेको एकै किसिमको दुईवटा उजुरी परेको छ।
सुझावका रुपमा समेत खतिवडाविरुद्ध उजुरी दर्ता भएको उनले जानकारी दिए। नाम नखुलाइएको एक उजुरीमा भने उनको ज्ञानलाई नेपालमा प्रयोग गर्नुपर्ने यदि राजदूतका रुपमा पठाउने नै भए फर्किएपछि उनको क्षमतालाई राष्ट्रहितको पक्षमा लगाउनुपर्ने उल्लेख छ।
यता रेग्मीविरुद्ध एउटा उजुरी परेको छ।
गृहसचिव हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई आइजिपी बढुवामा गलत निर्णय गर्न उक्साएको उनलाई आरोप लागेको छ।
समितिमा सरकार प्रमुखलाई गतल निर्णय गर्न प्रेरित गर्ने व्यक्तिलाई राजदूत जस्तो गम्भीर प्रकृतिको जिम्मेवारी दिन नहुने उल्लेख भएको जनाइएकाे छ।
समितिले उजुरी कर्तालाई कोजागत पूर्णिमाको भोलिपल्ट कात्तिक १६ गते बोलाउने निर्णय गरेको छ। उजुरीकर्ताको सम्पर्क नम्बर उजुरीमा उल्लेख नभएकाले सार्वजनिक सूचनामार्फत उनीहरुलाई बोलाउने निर्णय गरिएको सांसद प्याकुरेलले जानकारी दिए।
उजुरीकर्तासँग छलफल गरेपछि प्रस्तावित राजदूतलाई सुनुवाइका लागि समितिमा बोलाउने तयारी गरिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया