घरबाहिर निस्किए कलाकार : धमाधम अगाडि बढे कोरोनाले रोकिएका चलचित्र

लोकान्तर

काठमाडाैं

रोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण ठप्प चलचित्र क्षेत्रका काम बिस्तारै शुरू हुन थालेका छन् । चलचित्र छायांकन रोकिएका फ्लोरमा गएका छन् ।

चलचित्रको कथा लेखनको काम सकेर बसेकाहरू कलाकार खोज्ने, गीत संगीत निर्माण गर्ने, छायांकनस्थल खोज्ने लगायतमा व्यस्त छन् । चलचित्र छायांकन गर्ने वातावरण भइसकेपछि कतिपय चलचित्रकर्मीहरू धमाधम कथा लेख्न लेख्न व्यस्त छन् । 

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिवार अर्थात् घटनास्थापनादेखि शुरू गरियो । अनमोल केसी, सुहाना थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको छायांकन धमाधम भइरहेको थियो । तर कोरोना भाइरस महामारीको कारण सरकारले गरेको लकडाउनसँगै लगभग आधा चलचित्र खिचेर निर्माण टीम आ–आफ्नो घर फर्किएको थियो ।

निर्माण पक्षले अब आगामी तिहारसम्म दिनरात गरेरै भए पनि छायांकन सक्ने तयारी गरेको छ । निर्माता सुनिलकुमार थापाका अनुसार चलचित्र आगामी नयाँ वर्ष अथवा दशैंमध्ये एउटा सही समय रोजेर प्रदर्शन गर्ने तयारी छ । निर्माता थापा भन्छन्, ‘अहिले शुरूमा चलचित्रको बाँकी छायांकन सक्छौं । त्यसपछि चलचित्र प्रदर्शन मिति तोक्नेछौं ।’

प्रकाशित मिति: : 2020-10-20 13:53:00

प्रतिकृया दिनुहोस्