मङ्गलबार, १२ अगस्ट २०२५

‘हामी सम्पूर्ण मधेशी एकजुटताका साथ अगाडि बढ्औँ’

News Image
• • •

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सम्पुर्ण मधेशी एकजुटताका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

दसैं दिपावली एव छठ पर्वको उपलक्षयमा पर्साको बहुदरामाई नगपालिका ४ बहुअरीमा आयाेजना गरिएकाे शुभकामना आदानप्रदान कार्यक्रम उनले उक्त आग्रह गरेका हुन्।

‘हामी सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमा लुकेका कमीकमजोरीलाई सच्याई राम्रो ढंगले पार्टीलाई बिस्तार गरि आउँदो दिन नेपालको ठूलो पार्टीको रुपमा चिन्ने बनाउँछौं,’ उनले भने, ‘यसका लागि सबैको साथ चाहिन्छ।’

No description available.

बहुदरामाई नगरपालिका ईकाई कमिटीका अध्यक्ष सिंगासन साहको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तब्रेज अहम्द,सांसद करिमा बेगम,प्रदेश सभा सदस्य भिमा यादव, शिक्षक संघका अध्यक्ष जवाहिर सर,असलम अंसारी,बिपीन यादव, बिरेन्द्र यादव,वडा नं ४का वडाध्यक्ष रामरेखा सिंह ,वडाध्यक्ष रामजी साह, रामाधार यादव बिरेन्द्र साह,मनोज पटेल,नागेंद्र यादव, प्रेमबाबु कुश्वाहा,लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

शुक्रबार, कार्तिक १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)