प्रहरीमा भर्ना खुल्यो: कार्यालय सहयोगीदेखि मालीसम्म ३ सय ६१ जना

नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० जना कार्यालय सहयोगीको नयाँ भर्ना खुलेको छ। 

प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार विज्ञापन निकाल्दै कर्मचारी माग गरेको हो।

नयाँ भर्नामध्ये माली र बगैं हेरचाहमा ९, भान्छेमा २ सय ६१, हजाममा १०, सिलाइबुनाइमा १५, कुचीकार ५० र खेलाडीतर्फ १५ गरी ३ सय ६१ जनाको भर्ना खुलाइएको हो। 

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर हाल सम्पर्क कार्यालय राजविराज सप्तरी, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत हाल नेपालगंज र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ। 

नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मङ्सिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयमा दरखास्त फारम बुझाउन सक्नेछन्।

प्रकाशित मिति: : 2020-11-06 15:46:00

प्रतिकृया दिनुहोस्