बाइडन-कमलाको जीतपछि के गर्दैछ अमेरिका ?

अमेरिकी राष्ट्रपतिमा जोे बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको घोषणापछि अमेरिकामा मिश्रित प्रतिक्रया देखिएको छ। डेमोक्रेट्सहरू उत्सव मनाइरहेका छन् भने रिपब्लिकनहरू निराश मुद्रामा भए पनि चुनावी परिणामलाई स्वीकार्ने मुद्रामा छन्। 

तर, ट्रम्पकनहरू भने अझै पनि हार स्विकार्न तयार भैसकेको देखिदैन। उनीहरू आफ्ना नेताको भाषामै चुनावी परिणाम लुटिएको र त्यसका विरूद्ध अन्तिम अवस्थासम्म लड्नुपर्ने बताइरहेका छन्। केही ट्रम्पकनहरू भिडन्तकै लागि चुनाव गणनास्थल बाहिर उग्र नारा लगाइरहेका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले प्रेस नोट सार्वजनिक गर्दै आफ्नो पराजित नभएको बताएका छन्। बाइडनलाई कुनै पनि निर्वाचन पदाधिकारीले विजयको प्रमाणपत्र नदिएकोबताउँदै उनले मिडिया प्रोजेक्सनलाई वैधता दिन नसकिने जनाएका छन्। कुनै पनि हालतमा हार स्वीकार नगर्ने र सोमबार अदालत खुल्ने बित्तिकै थप मुद्दा लिएर अदालत जाने बताएका छन्। उनका वकिलहरू रूडी जुलियानीको नेतृत्वमा पेन्सेल्भेनियाको फिलाडेल्फिया पुगिसकेका छन्।

अमेरिकी राष्ट्रपतिमा जोे बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको घोषणापछि अमेरिकामा मिश्रित प्रतिक्रिया देखिएको छ। डेमोक्रेट्सहरू उत्सव मनाइरहेका छन् भने रिपब्लिकनहरू निराश मुद्रामा छन्। उता, ट्रम्पकनहरू भने ट्रम्पकै भाषा र मुद्रामा रोष प्रकट गरिरहेका छन्।

उता, राष्ट्रपतिमा निर्वाचित भनिएका बाइडनले अमेरिकी पूर्वी समयअनुसार शनिबार साँझ ८ बजे गृहनगर डेलावरको विल्मिङ्टनबाट राष्ट्रको नाममा सम्बोधन गर्ने बताइएको छ। उनले आफ्नो जीतको घोषणा गर्ने र अमेरिकी जनतालाई एकतावद्ध भएर अगाडि बढ्न आव्हान गर्ने अनुमान गरिएको छ।

अझै पनि केही राज्यमा बाँकि मतगणना जारी छ। जर्जिया, अलास्का र नर्थ क्यारलाइनाको चुनावी प्रक्षेपण अझै पनि गरिएको छैन। 

अहिले जे भएको छ, सबै परिणाम अनौपचारिक प्रक्षेपणकै आधारमा हो। यसले औपचारिकता पाउँन हप्तौ अझ महिना पनि लाग्छ सक्छ। तर, यस्तै प्रक्षेपणकै आधारमा अमेरिकामा जीत र हारलाई स्विकार गर्ने परम्परा छ। पराजीतले पराजय स्वीकार गरेपछि परिणामले एक किसिमले वैधता पाउँछ। 

तर, यसपटक भने अमेरिकाको त्यो स्थापित परम्परामाथि धावा बोल्दै राष्ट्रपति ट्रम्पले अझै पनि हार स्विकार गरिसकेका छैनन्। सामान्यत: विजयी घोषणा गरिएकालाई वधाइ दिने औपचारिकता पनि उनले पूरा गरेका छैनन्। उनी त्यसो गर्नेवाला पनि छैनन्, त्यसो गर्दा निर्वाचन परिणामले वैधता पाउने उनको डर छ। 

अमेरिकाको इतिहासमै सबैभन्दा बढी चिरा परेको चुनावी क्याम्पेन भएकाले यतिबेला अमेरिका दुई फ्याकमा विभाजित छ। एकबाट अर्को फ्याक असुरक्षित हुन सक्ने सम्भावना बढेको छ। खासगरी उग्र ट्रम्प समर्थकहरूबाट यो वा त्यो वहानामा आक्रमक हुन सक्ने अनुमान गरेर अमेरिकाभरि नै सुरक्षा सतर्कतालाई उच्च बनाइएको छ।

 

प्रकाशित मिति: : 2020-11-08 02:58:00

प्रतिकृया दिनुहोस्