बिहिबार, १४ अगस्ट २०२५

महिला हिंसाविरूद्ध सिरहामा नागरिक र्‍याली

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम
News Image
• • •

महिला हिंसा अचाक्ली बढेको भन्दै रोकथामको लागि सिरहामा नागरिकले प्रदर्शन गरेका छन्।

महिला हिंसाविसरूद्ध विभिन्न स्लोगन लेखिएको प्लेकार्ड बोकेर उनीहरूले सिरहा जिल्ला अदालत अगाडि धर्ना दिएका थिए।

शनिबार बिहान ११ बजे विद्यार्थी, शिक्षक, सर्वसाधारण भेला भएर प्रदर्शन गरेका थिए।

पछिल्लो समय सिरहामा महिला हिंसाका घट्नामा बढोत्तरी आएको छ।

महिला हिंसा नियन्त्रण गर्न सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने बताउँदै प्रदर्शनमा सहभागी विद्यार्थीले बलत्कार गर्नेलाई मृत्युदण्ड माग गरेका थिए।

मंगलबार, कार्तिक २५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)