बुधबार, १३ अगस्ट २०२५

जवानको रगतले महिलाको ज्यान बच्यो

Breaknlinks
• • •

हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा पर्यो। उनी जिल्ला अस्पतालमा भर्ना भइन्। औषधि प्रयोग गर्दा उच्च रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको हो।

जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ। औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेका बुढालाई प्रहरी रानाले तीन प्रिन्ट रगत दिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए। 

अझै बुढाको अवस्था नाजुक रहेकाले दुई प्रिन्ट रगतको आवश्यक देखिएको अनमी बोहराले बताउनुभयो। बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नका लागि औषधि प्रयोग गरेको पाइएको छ।

यसरी विनापरामर्श औषधि सेवा गर्दा ज्यान जोखिममा हुनाका साथै अन्य महिला पनि अस्पताल भर्ना हुने गरेको अनमी बोहराले बताउनुभयो। अस्पतालले गर्भपातको सेवा दिँदै आएको भए पनि बजारमा चर्को मूल्यमा किनेर औषधि सेवन गर्दा महिलालाई समस्या निम्तिने गरेको छ।

शनिबार, कार्तिक २९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!