बिहिबार, १४ अगस्ट २०२५

१० हजार ३ सय ४० पीसीआर परीक्षण, १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ३ सय ४० पीसीआर परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ४३ हजार ८ सय ९९ परीक्षणहरु गरिएका छन्।

शुक्रबार नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएकाे छ। 

देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ६ सय ६५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५३ जना पुगेकाे छ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ।

शुक्रबार, मंसिर ०५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)