बिहिबार, २१ अगस्ट २०२५

चिनियाँ रक्षामन्त्रीको भ्रमणकाे पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गरे चारवटै सुरक्षा निकायसँग छलफल

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन्।

ओलीले आइतबार दिउँसो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित छलफल मात्रै भएकाे बताएका छन्।

यद्यपी मंसिर १४ मा हुने चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपालयात्राकाे सुरक्षा व्यवस्थाकाे लागि छलफल गरिएकाे बुझिएकाे छ। 

उनकाे एक दिने भ्रमण हुनेछ।

राष्ट्रपति सी जीनफिङको गत वर्षको भ्रमणपछि रक्षामन्त्री नेपाल आउन लागेका हुन्। 

मन्त्री आउनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ।

रक्षामन्त्री फेङ्हेसँग उच्च चिनियाँ सैनिक अधिकृतहरु पनि आउने छन्।

आइतबार, मंसिर ०७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)