३९ वर्षे जाल्टन इब्राहिमोविचकाे दुई गोलमा मिलानकाे शानदार जित

बिएल संवाददाता

काठमाडाै‌ं

इटालियन सिरी  ‘ए’ फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले नापोलीलाई पराजित गरेको छ।

अवे मैदानमा भएको खेलमा मिलानले नापोलीमाथि ३–१ को जित दर्ता गरेको हो। 

मिलानकाे जितमा ३९ वर्षे जाल्टन इब्राहिमोविचले दुई तथा यन्स पिटर हाउगेले एक गोल गरे। नापोलीका लागि ड्रिएस मर्तेन्सले एक गोल फर्काए।

खेलकाे २०औँ मिनेटमै इब्राहिमोविचले गाेल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। 

५४औँ मिनेटमा व्यक्तिगत दाेस्राे गाेल गर्दै अग्रता दाेब्बर बनाए। उनले यो सिजन लिगका ६ खेलमा १० गोल गरिसकेका छन्।

यस्तै ६३औँ मिनेटमा मर्तेन्सले नापोलीका लागि गोल फर्काए। 

तर ६५ औँ मिनेटमा नापोली १० खेलाडीमा सीमित भयो। बाकायोको दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका थिए।

इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा यन्स पिटरले गोल गरि मिलानलाई ३–१ को जित शानदार दिलाए।

जितसँगै शीर्ष स्थानको मिलानको ८ खेलबाट २० अंक भएको छ।

प्रकाशित मिति: : 2020-11-23 07:33:00

प्रतिकृया दिनुहोस्