
बिएल संवाददाता
ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेकपा (संयुक्त) का अध्यक्ष वयोवृद्ध राजनीतिज्ञ तथा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो।
अख्तियारले पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो माग दाबी गरेर २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए।
विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया