मङ्गलबार, ०५ अगस्ट २०२५

बिजुलीका पोल र रुख सडक निर्माणमा यसरी बाधक बन्दै : वन विभाग र विद्युत प्राधिकरणको आरोप, 'निर्माण जिम्मा पाएकाले समन्वय नै गरेन'

पहिलोपोष्ट

पहिलोपोष्ट

सुर्खेत 
News Image
तस्बिर : पहिलोपोष्ट
• • •

पी बी खड्का

वीरेन्द्रनगरस्थित रत्नराजमार्ग हुदैँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायसम्म जोड्ने सडक अघिल्लो आर्थिक वर्षभित्रै कालोपत्र भइसक्नुपर्ने थियो। तर सडकको बिच भागमा रुखहरु भएकै कारण सडक कालोपत्रे हुन सकेको छैन।

करिब ६ मिटरको चौडा सडकलाई विस्तार गरेर १० मिटरसम्म पुर्‍याउँदा सडकको बिच भागमा भएका रुखहरु कटान गर्नुपर्ने भएकाले काममा ढिलाई भएको हो। सोही सडक निर्माणका लागि चालु आर्थिक वर्षको आधा समय बितिसक्दा पनि अझै काम अघि बढ्न सकेको छैन। सडक कालोपत्रे गर्न थप गरिएको म्याद सकिने संकेत देखिए पनि काम हुने छाँट छैन। विश्वविद्यालयको इन्जिनियरिङ संकायसम्म जोड्ने ६ किलोमिटर सडक कालोपत्रेका लागि झण्डै २२ करोड रुपैयाँ लागतको हो।

यो सडकजस्तै सुर्खेत उपत्यकाभित्र खानेपानी लाइन, रुख कटान र विद्युतका पोल स्थानान्तरण गर्नुपर्ने शहरी सडकहरु छन्।  सुर्खेतमा सडक निर्माणमा रुख, विद्युतका पोल र पानीका पाइपजस्ता बाधक बनेको देखिन्छ।

‘सडक निर्माण गर्दा खानेपानी पाइप लाइन, रुख, र विद्युतका पोल सार्नुपर्ने देशभरीकै समस्या हो,’ संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका इन्जिनियर नारायण पोखरेलले भने, ‘यसले गर्दा काम समयमै सकिदैँन भने भैरहेका कामसमेत गुणस्तरीय हुदैनन्।’ उनी थप्छन्, ‘विद्युतका पोल सार्नुपर्ने, रुख काट्नुपर्ने, पाइप लाइन सार्नुपर्ने जस्ता शहरी सडकहरु धेरै छन्।’

आइतबार, मंसिर १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)