तेजन खड्का
                                उत्तरी मोरङको लेटाङ–२ कमलपुरमा बसोबास गर्ने मनिहर्क राई पेशाले सिकर्मी हुन्। २०४४ सालमा उनीसँग एउटा घटना घट्यो। ९ सय ७५ रुपैयाँमा किनेको उनको साइकल एकाएक चोरी भयो। त्यतिबेला गाउँघरमा मात्र होइन, सहरमा पनि साइकल हुनु भनेको सानको कुरा थियो।
यो घटनाका कारण उनी धेरै दिन सुत्न सकेनन्। एकदिन उनलाई अनौठो जुक्ति फुर्यो–काठको साइकल बनाउने। यसका लागि उनले सुरुमा कपीमा नक्सा कोरे। अनि भटाभट सामानको जोहो गर्न थाले। सात महिनापछि उनको कामले रंग ल्यायो।
उनलाई बाहिर देख्नेहरु अचम्म मान्न थाले। टायर, चेन र ब्रेक मात्र पुरानो। बाँकी सबै काठको।
२०४४ सालमा खानेपानीको कार्यक्रममा तत्कालीन राजारानी वीरेन्द्र र ऐश्वर्य लेटाङ आउँदा आयोजकको अनुरोधमा उनले काठको साइकल चलाएर देखाउने अवसर पाए। यतिबेला राजारानीबाट एक हजार रुपैयाँ बक्सिस पाएको उनलाई अहिले पनि याद छ।
गाउँघरमा लामो समय सिकर्मीको काम गर्दा पनि उनको आर्थिकस्थितिमा सुधार आएन। गाउँका धेरै युवाहरु पैसा कमाउन धमाधम विदेश गएपछि उनको मन पनि वैदेशिक रोजगारीतर्फ मोडियो। ११ वर्ष उनी आफ्नो काठको साइकल थन्काएर खाडीतर्फ लागे।
अहिले उनी पुनः स्वेदश फर्किएका छन्। आफूले युवा अवस्थामा बनाएको काठको साइकलप्रति उनलाई अगाध प्रेम छ। त्यसैले उनी अहिले घर फर्किएपछि काठको त्यही साइकल मर्मत गरिरहेका छन्। उनलाई आफूले बनाएको काठको यो साइकल संग्रहालयमा राख्न मन छ।
भन्छन्,’ब्याट्रीले चल्ने बनाउने प्रयास गरिरहेको छु।’ कुनैबेला काठको साइकल बाटोमा कुदाएर गाउँले सबैलाई चकित तुल्याएका ५१ वर्षीय मनिहर्कले हालै काठको धान झार्ने थ्रेसर बनाएर प्रयोगमा ल्याएका छन्।
विद्युतबाट सञ्चालन गर्न मिल्ने थ्रेसरले १ घण्टामा १ कट्ठा जमीनको धान झार्न सक्छ। ‘८ घण्टा काम गर्दा ५० मन थान झार्यौं’, उनले अनुभव सुनाए।

उनले ६० हजार रुपैयाँ खर्चेर थ्रेसर बनाएका हुन। २०४४ सालमा ९ सय ७५ रुपैयाँमा किनेको नयाँ साइकल चोरी भएपछि काठको साइकल बनाएर कुदाउनु कुदाए। 
धान झार्ने थ्रेसर बनाउने कल्पना गरेपछि उनले साइकल जस्तै पहिले चित्र कोरे। अनि चित्र अनुसार थ्रेसर बनाउन उनलाई ४ घण्टा लाग्यो। 
हाल उनले थ्रेसरलाई वरिपरि डुलाउन ३ चक्का जडान गरेका छन्। उनी भन्छन्–‘यो वर्ष ३४ हजार रुपैयाँको काम गरें। यसलाई अझै विकसित गर्ने सोच छ।’ 
उनले सुरुमा आफ्नो लागि थ्रेसर निर्माण गरेका थिए। साथीभाईले पनि प्रयोगका लागि मागेपछि उनले थ्रेसरमा चक्का जडान गरेका हुन। 
मनिहर्कले साइकल र थ्रेसर मात्र निर्माण गरेका छैनन्। किसानका लागि आवश्यक मल बोक्ने तीन चक्के ट्रली, चारचक्के ठेला पनि निर्माण गरेका छन्। 
उनी आफ्नो विगत बिएल नेपाली सेवालाई सुनाउँदै भन्छन्,‘१२ वर्षको उमेरमा स्थानीय हेमबहादुर मगरले मलाई काठ मिस्त्रीको काम सिकाउनुभएको थियो।’
मनिहर्क २०४७ सालमा बैदेशिक रोजगारमा हानिएका थिए। बहराइनमा काठको सामग्री निर्माण सम्बन्धी काम गरेर फर्किएका उनले यसैलाई निरन्तरता दिए।
स्थानीय स्रोत साधन प्रयोगमा ल्याएर कृषि उपकरण तयार गर्ने मनिहर्कको सीप र मिहिनेतको हालसम्म राज्यले पहिचान गर्न सकेको छैन।
नगर प्रमुख शङ्कर राई भन्छन्–‘उहाँ जस्ता सीप भएका ब्यक्तिलाई हौसला प्रदान गर्न नगरपालिका तयार छ।’ तर नगर प्रमुखले भने जस्तै उनले राज्यबाट कुनै किसिमको सहयोग र हौसला पाएका छैनन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया