‘एम डि एच मसला’का मालिकको निधन

‘एम डि एच मसला’का मालिक तथा उक्त मसलाको विज्ञापनमा मोडलिङ्ग गरेका कलाकार धर्मपाल गुलाटीको निधन भएको छ।

९७ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

२७ मार्च १९२३ सियालकोट पाकिस्तानमा जन्मेका गुलाटी सन् १९५३ देखि मसलाको व्यवसायमा थिए।

पहिले मसला पसल र सन् १९५९ मा महाशियन ‘डि हाट’ अर्थात् ‘एम डि एच’ नामक मसला उद्योग स्थापना गरेका थिए।

गुलाटीको कम्पनीले वार्षिक रुपमा सरकारलाई दुइ सय करोड रुपैयाँ कर चुक्ता गर्थ्यो।

भारत सरकारले पद्म विभूषणद्वारा सुशोभित गुलाटीको सुपर डेलिसियस र माता चान्नदेोी हस्पिटल जस्ता ठूलो सस्थामा लगानी छ। 

गुलाटीको निधनमा प्रख्यात सेफ सन्जिब कपुर, तरला दलाल लगायतहरुले दुख ब्यक्त गर्दै एउटा युगको अन्त भएको बताएका छन्।

हाल ‘एम डि एच’को तरकारी र मासुमा प्रयोग गर्ने करिब एक सय पचास स्वादका मसलाहरु बजारमा उपलब्ध छन्।

प्रकाशित मिति: : 2020-12-04 13:26:00

प्रतिकृया दिनुहोस्