बिहिबार, १४ अगस्ट २०२५

छुटान!

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

शोभा शर्मा

पिम्पल? पिम्पल??

ऐनाअघि म आफैंलाई देखेर छक्क परेँ। 

झन्डै चालीस पुगेको अनुहारमा के खान आए होला यो! एक्लै फिस्स हाँसे। ऐना पनि हाँस्यो।

धेरैपछि आएको पिम्पललाई लिएर म भावुक भएछु। जवानीमा आउने पिम्पल अधवैंसमा किन आयो?

मख्ख परूँ कि नपरूँ?  

ऐनामा मेरो अनुहार हेर्न लायक भएको थियो। म झन्डै लजाएँ। 

'हिजो रातभर सुतेको थिइनँ, त्यसैले होला,' मैले आफ्नै मन सम्झाउन खोजेँ। के सम्झिन्थ्यो, रातभरी आँखामा झिलमिलाएकी अपरिचितको सम्झनाले फेरि भुतुक्क भयो। 

हिजैमात्र हो उसलाई किँरातेश्वरमा देखेको थिएँ। सधैं झैं म घाम डुब्दै गरेको बेला त्यहाँ पुगेको थिएँ। 

शनिबार, मंसिर २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)