
बिएल संवाददाता
बाराको कलैयामा रहेको स्वरोजगार लघुवित्त संस्था लिमिटेड कलैया शाखामा चोरी भएको छ।
कलैया उपमहानगरपालिका एक अधिकारी टोलमा रहेको उक्त संस्थाको शाखामा चोरी भएको हो।
हिजो शनिबार बिदाको दिन भएकोले संस्थामा कोही नभएको मौका छोपी चोरहरूले चोरी गरेको संस्थाका लेखा प्रमुख पप्पू साह सोनारले बताए।
लेखाप्रमुख सोनारका अनुसार स्थानीय जलज अधिकारीको घरको भूइतलामा संचालित रहेको संस्थाबाट चोरहरुको समूहले कोठाको ढोका फोडी दुई थान कम्प्युटर र सोनारले प्रयोग गर्ने एक जोडा जुत्ता र कपडा समेत चोरेर लागेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले दिएको जानकारी अनुसार चोरी गर्ने १ जना लाई राती ३ बजेतिर नै समातिएका छन्।
घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
विवेकशील साझाले कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनुपर्ने जनाएको छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया