
बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामस्थित जिल्ला अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अनिश्चितकालका लागि उक्त अस्पताल सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ। निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको छ। अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि समस्या भएको स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले जानकारी दिए।
“अस्पतलमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छौँ”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मनोज विष्टले भने, “कोरोना अरू व्यक्तिमा नसरोस् भनेर सिल गरिएको हो, निको भएलगतै सबै सेवा सुचारु गर्नेछौँ ।” उनका अनुसार सङ्क्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा छन्। अस्पताल सिल गरिएपछि त्यहाँका आकस्मिकबाहेकका अन्य बिरामी उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया