उपमेयर कै श्रीमानविरुद्ध बलात्कार प्रयासको आरोप

महोत्तरीको मनरा सीस्वा नगरपालिकाको उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामीमाथि आफ्नै छिमेकी बालिकालाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

बुधबार साँझ करिब ६ बजे आफ्नै घरबाट बेपता भएकी १४ वर्षीय बालिकालाई महिला गीना बैठा र उपमेयरका श्रीमान गामीले जवर्जस्ति हात खुट्टा समातेर शौचालयमा बन्द गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए।

बालिका हराएपछि खोजबिन गर्नको लागि परिवारले प्रहरीलाई समेत खबर गरेका थिए।

प्रहरी र स्थानीयको सहयोगमा बालिकालाई खोज्दै जाँदा उपमेयरको घर नजिकै एउटा चप्पल फेला परेको थियो।

यही क्रममा प्रहरीले शौचालयको ढोका खोलेर हेर्दा बालिकाको मुख कपडाले बाँधेको अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार बालिका ६ बजे साथीको घरबाट आफ्नै घर आइरहेको बेला गामिले शौचालयमा लगेर बलात्कारको प्रयास गरेको पीडित बालिकाको परिवारजनको आरोप रहेको छ ।

यता स्थानीयबासीका अनुसार गामी त्यसलगतै भाग्न खोजेपछि प्रहरीलाई जानकारी दिएका थिए।

तर, प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै स्थानीयहरु आज विहानैदेखि जलेश्वर बर्दिवास सडक खण्डमा टायर बालेर सडक अवरोध सृजना  गरेका थिए ।

 घटना लगत्तै गामी फरार भएका छन् भने उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-12-17 22:44:00

प्रतिकृया दिनुहोस्