नवीन रायमाझी
एकछिनका लागि कल्पना गर्नुस् त, अचानक फेसबुक बन्द भयो भने जीवनमा कस्तो परिवर्तन होला?
धेरैले यसप्रति रुची नभएको देखाउन अनेकौ प्रतिक्रिया दिन सक्छन्। तर इमान्दार भएर सोच्ने हो भने फेसबुक बन्द हुँदा यसले सबैलाई केही न केही असर पक्कै पार्छ।
आ–आफ्नो बुद्धिअनुसार सबैले प्रयोग गरे पनि हालको दिनमा फेसबुक अपरिहार्य साधन हो। सदुपयोग वा दुरुपयोग जे गरे पनि फेसबुक सबैको लागि अभिन्न अंग जस्तै बनिसकेको छ। यसबाट अलग हुन सबैलाई कठिन हुनेछ। तर यसको अर्थ फेसबुक भएन भने प्राण नै जान्छ भन्ने अर्थ नलागोस्।
हालै जर्जिया, साउथ डेकोटा, साउथ क्यारोलिना र अलाबामा राज्यबाहेक अमेरिकाका सबै राज्यले फेसबुकविरूद्ध सोसल मिडियामा एकाधिकार जमाउने र सानो कम्पनीलाई धरायसी बनाउन खोजेको आरोप लगाउँदै ‘फेडरल ट्रेड कमिसन’ र महान्यायधिवक्ताले संयुक्तरुपमा संघीय अदालतमा मुद्दा दायर गरेपछि फेसबुकको सेयरमा ठूलो गिरावट आउनुको साथै यो कम्पनीको भविश्य मै प्रश्नचिन्ह लागेको छ।
न्युयोर्कका महान्यायधिवक्ता लेटिटिया जेम्सको नेतृत्वमा रहेको द्विपक्षीय गठबन्धनले फेसबुकले आफ्नो एकाधिकार कायम राख्न बिशेष रणनीति बनाएको आरोप लगाएको समाचारमाध्यमले जनाएका छन्।
सन् २०१२ मा आफ्नो निकटम प्रतिस्पर्धी इन्स्टाग्राम र सन् २०१४ मा मोबाइल म्यासेजिङ एप व्हाट्सएप खरिद गरेपछि फेसबुक दौडको एक्लो घोडा भएको र यसले सफ्टवेयर डेभलपर्सलाई प्रतिस्पर्धा बिरोधी सर्त लगाउन खोजेको आरोप पनि लागेको छ।
आरोपकर्ताका अनुसार यस्तो गतिविधिले उपभोक्ताको लागि सोसल नेटवर्किङको सिमित विकल्प रहन गएको र विज्ञापनदातालाई प्रतिस्पर्धाको लाभ प्राप्त हुन् सकेको छैन। फेसबुकको अत्याधिक लोकप्रियताका कारण अन्य सोसल नेटवर्किङ साइट (सामाजिक सञ्जाल) या त बन्द भएका छन् वा चलेका पनि निकै ठूूलो घाटामा चलेका छन्। उता फेसबुक कि उपाध्यक्ष जेनिफर न्यूस्टेडले यसको बिरोध गर्दै इतिहास बदल्ने कसैलाई अधिकार नभएको बताएकी छिन्।
फेसबुकको अत्याधिक लोकप्रियताको कारण बिज्ञापनको क्षेत्रमा एकाधिकार जमाएको गुगल एड, एड सेन्सलाई पनि आफ्ना बिज्ञापन फेसबुकसँग साझा नगर्नुको कुनै बिकल्प रहेन। त्यसैगरी आजको समयमा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बिश्वका करिब ७५ प्रतिसत जनसंख्याले प्रयोग गर्ने र चीन र भारतमा करिब ९० प्रतिसतको हाराहारीमा प्रयोग हुन्छ।
यसरी यी साधनको बढ्दो लोकप्रियताको कारण स्वयम चीन मै बनेको भाइवर कै प्रयोगमा पनि व्यापक कमि आएको छ। स्मरणीय छ चीनमा फेसबुकको प्रयोग गर्न सकिन्न अर्थात प्रतिबन्धित छ। हालै अत्याधिक रुचाइएको अर्को एप्स टिकटकको प्रतिस्पर्धामा त्यस्तै कोलाब नामक एप्स बजारमा ल्याएपछि सबै क्षेत्रमा यसैको एकाधिकार हुने डरले अरु कम्पनी जुर्मुराएका हुन्।
यसैगरी खर्ब डलरको लगानी भएका रेडियो, टेलिभिजन र पत्र–पत्रिका जस्ता सञ्चार माध्यमलाई पनि फेसबुक मै निर्भर रहनु परेको छ। छापा पत्रिकाको बिक्रीमा क्रमशः आएको गिरावट र अनलाइनको लोकप्रियतामा पनि फेसबुकको कारण कठिनाइ परेको छ। अब कुनै पनि सञ्चार माध्यमको वेभ पोर्टलमा जानको लागि पाठकले एड्रेस बारमा गएर उक्त सञ्चार माध्यमको एड्रेस टाइप गर्नुको बदला फेसबुक पेजमार्फत आफ्नो न्युज फिडमा आएको समाचारलाई क्लिक गरेर पढ्ने गरेका छन्।
यस्तो कारणले समाचार पढियो भने पनि साइटमा भिजिट गर्नेको संख्या कम हुन् जान्छ। यसै कारण पत्रकारिता क्षेत्र पनि फेसबुकसंग क्रुद्ध छ। यदी फेसबुकको पहुँचमा कानुनी रुपले नै प्रतिबन्ध लाग्यो भने आफ्नो पनि फाइदा हुने देखेर हुनसक्छ, यो प्रकरणलाई निकै प्रमुखता दिएका छन्।
अब फेसबुकको भविश्य के हुन्छ, त्यो अदालतको निर्णयमा निर्भर हुने भएकोले अहिले नै यस्तो वा उस्तो हुन्छ भनेर बोल्नु मुर्खता मात्र हुन्छ। कुनै कारणले अदालतले निश्चित बिन्दुमा रोक लगायो भने फेसबुकको लोकप्रियता र आम्दानीमा कमि आउने कुरालाई कसैले नकार्न सक्दैन। तर फेरी एकपल्ट कल्पना गरौँ त, अचानक फेसबुक बन्द भयो भने तपाईंमा कस्तो असर पर्ला?
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया