नेकपा स्थायी कमिटी बैठक: ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको छ। 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार त्यसका लागि केन्द्रीय समिति बैठक पुस ७ गते बोलाइएको छ। 

यस्तै, बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार गरेको छ। 

‘सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय लिइएको हो,’ उनले भने,‘सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गर्नु पनि असंवैधानिक हो।’

सरकारको यो कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने निष्कर्ष निकालिएको श्रेष्ठले जनाए।

बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2020-12-20 18:07:00

प्रतिकृया दिनुहोस्