बालुवाटार बैठकमा ११४ सांसदहरु सहभागी

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक शेरबहादुर तामाङसहित ११४ सांसदहरु सहभागी भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमामा रहेका भनिएका तामाङ पनि उपस्थित ।रहेका थिए।  

बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको बताएका थिए।  

‘सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको हो,’ उनले भने, ‘भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेश लिने निर्णय गरेका हौँ।’

यस्तै उनले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताउदै प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने प्रष्ट पारे।
 

प्रकाशित मिति: : 2020-12-21 14:55:00

प्रतिकृया दिनुहोस्