नग्न भिडियो पोर्नसाईट अपलाेड गरेकाे अभियोगमा पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले महिलाको अर्धनग्न, नग्न तस्वीर तथा भिडियो पोर्नसाईट अपलाेड गरेकाे अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय साइबर व्यूरोको टोलीले मकवानपुर हेटौँडा उपमहानगरपालिका ४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई पक्राउ गरेको हो।

अस्तलमले फेक फेसबुक आइडी बनाएर बैङ्ककमा बस्दै आएकी एक महिलाको को अर्धनग्न तथा नग्न तस्वीर, भिडियो पोर्नसाईट समेत अपलोड गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

तस्वीर तथा भिडियो पोर्नसाईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाइटहरुबाट हटाउनको लागि रकम समेत माग्ने गरेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी फेसबुकमा नक्कली आइडी बनाएर आफन्त तथा साथीभाइलाई अश्लिल फोटो पठाउने गोरखा सुलिकोटगाउँपालिका ५ बारपाक भएका २० वर्षीय रोलकबहादुर थापालाई पनि पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2020-12-24 13:30:00

प्रतिकृया दिनुहोस्