डेब्यू खेलमै सन्दीपकाे २ विकेट

बिएल संवाददाता

काठमाडाै‌ं

सन्दीप लामिछानेले होबार्टको डेब्यू खेलमै २ विकेट लिएका छन्। अष्ट्रेलियाको बिगबास लिगमा शनिबार होबार्टले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दा सन्दीपले २ विकेट लिएका हुन्।

उनले पूर्व क्लब मेलबर्नका हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चिए।हुरीकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

उसका लागि होबार्टको जितमा डेविड मालान र स्कट बोलाण्डले उत्कृष्ट प्रदर्शन गरे। मालनले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा बेन म्याकडेर्मोटले ३१ रन बनाए।

कोलिन इन्ग्रामले २६ रन जोडे। मेलबर्नका बिलि स्टानलेकले ३ विकेट लिए। मेलबर्नलाई हराएसँगै हुरीकेन्सले ७ खेलमा १८ अंक जोडेको छ।

यता होबर्टले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।

मेलबर्नका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगाउन सकेनन्। यस्तै साम रेइनबर्डले १५ तथा निकोलस पुरनले १४ रन बनाए।

होबार्टका लागि बलिङमा बोल्याण्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। सन्दीप र नाथन एलिसले समान २/२ विकेट लिए। जितपछि ७ खेलबाट १८ अंक जोड्दै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2021-01-02 16:14:00

प्रतिकृया दिनुहोस्